काठमाण्डौ
भदौ १३
काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचान खुलेको छैन । ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
