विकास समितीको विकासे प्रतिवेदन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १३ सोमवार १५:३२ बजे

विकास समितीको विकासे प्रतिवेदन

काठमाण्डौ
भदौ १३
व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । आजको संसद बैठकमा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयकमाथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफल सकिएसँगै विधेयक पारित भएको हो ।

CA_20141009085850-2-1-1

संसद बैठकमा उद्योगमन्त्री नविन्द्रराज जोशीले छलफलमा उठेका प्रश्नको जवाफ दिदै मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन विधेयक ल्याइएको बताउनुभयो । त्यस्तै संसद बैठकले ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युत) माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ । यसअघि बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले सो प्रस्ताव अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ऊर्जा सङ्कट समाधान गर्न, उत्पादित विद्युत वर्षायाममा निर्यात गर्नसमेत मद्धत पुग्ने भएकाले यो प्रस्ताव ल्याइएको उर्जामन्त्री जनार्दन शर्माले संसदलाइ जानकारी गराउनुभयो ।
आजको बैठकमा विकास समितीको बार्षिक प्रतिवेदन पेश भएको छ । बार्षिक प्रतिवेदन पेश गर्दै समिती सभापति रविन्द्र अधिकारीले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । यसअघि आजै पूर्वसांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक आधाघण्टा स्थगित भएर पुनः बसेको थियो । बैठक भोलि दिउसो २ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट