सौता हुन खोज्नेलाइ छुरी हानेर देखाइन् बहादुरी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ११ शनिवार १५:३२ बजे

सौता हुन खोज्नेलाइ छुरी हानेर देखाइन् बहादुरी

काठमाण्डौ
भदौ ११
झापामा एक महिलाले आफ्नो श्रीमानसंग हिडिरहेकी अर्की एक महिलालाई छुरा प्रहार गरी हत्या गरेकी छन् । आफ्नो श्रीमानसंग हिडेको भन्दै २८ वर्षीया श्रीमति रिता लिम्बुले श्रीमान ३८ वर्षीय धनबहादुर लिम्बुसहित उनीसंग हिडिरहेकी सुमी राईमाथी गएराति छुरा प्रहार गरेकी हुन् ।

index

आक्रमणबाट घाइते भएका दुवै जनालाई झापाको लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएकोमा २४ वर्षीय सुमीको आज बिहान मृत्यु भएको झापाका प्रहरी नायव निरीक्षक हरि शर्माले जानकारी दिनुभयो । छुरा प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । छुरा प्रहार गर्ने रितालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार