काठमाण्डौ
भदौ ११
गत महिना ढाकामा २२ जनाको मृत्यु हनेगरी भएको एक क्याफे आक्रमण घटनाको मुख्य आरोपित योजनाकारलाई बंगलादेशको प्रहरीको कारबाहिमा मारिएका छन् ।
बंगलादेशी मूलका क्यानेडेली नागरिक तमीम चौधुरीलाई सो घटनाको सुनुयोजित योजनाकारका रुपमा आरोप लागेको थियो । उनी प्रहरीसंगको मुठभेडमा मारिएको बीबीसीले जनाएको छ । अन्य तीन आरोपीत पनि प्रहरीको कारवाहिमा मारिएका छन् । एक महिना अघि भएको सो आक्रमणमा आक्रमणकारीले १२ घण्टा क्याफे नियन्त्रणमा लिएका थिए । प्रहरीले सो घटनामा १३ जना सर्वसाधारणको उद्धार गरेको थियो भने ६ जना बन्दुकधारी कारबाहिको क्रममा मारिएका थिए । घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बंगलादेशको इतिहासमा सबैभन्दा अप्रिय मानिएको सो घटनामा २० जना बन्धक बनाइएका सर्वसाधारण र २ प्रहरी गरि २२ जना मारिएका थिए ।
