१३ जना नयाँ मन्त्री एकैचोटी सिंहदरबार छिर्दा अटाइ नअटाई आसेपासे महासेठ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १० शुक्रवार १४:४२ बजे

१३ जना नयाँ मन्त्री एकैचोटी सिंहदरबार छिर्दा अटाइ नअटाई आसेपासे महासेठ

आसेपासे महासेठ

काठमाण्डौ
भदौ १०
नवनियुक्त मन्त्रीहरुले सपथ सँगै पदबहाली ग्रहण गर्न सिंहदरबार पुग्दा उनीहरु निकटका कार्यकर्ता,आसेपासेले सिंहदरबार भरिभराउ भएको छ । कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालयमा पुग्दा जयनेपाल भन्दै हात मिलाउनेको भिड लागेको छ भने माओवादी निकट मन्त्रीहरुले नेतृत्व गरेको मन्त्रालयमा पुगे लालसलाम कमरेड भन्नेको चाप देख्न सकिन्छ । यसअघि एमाले नेतृत्वको सरकारमा पनि नमस्कार ठोक्नेहरुको भिड नलागेको होइन सिंहदरबारमा । यसरी मुलुकमा एकबर्ष पनि नपुग्दै सरकार परिवर्तन हुने गरेपछि सिंहदरबारमा हरेकथरी अनुहारहरुको कुदाकुद देख्न सकिन्छ ।

2-11
प्रधानमन्त्री पुष्पकमल दाहालले आज चोथौ पटक  मन्त्रीमण्डल  विस्तार गर्नुभएको हो । मुख्य सक्ता गठबन्धन दल नेपाली काग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । नवनियुक्त सबै १३ जना मन्त्रीहरुले विहान पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विहान सपथ गराउनुएको हो ।
नया थपिएका  मन्त्रीहरुमा  प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति) मन्त्री रहेका छन् । यस्तै रोमी गौचन थकालीले वाणिज्य, हृदयराम थानी सहकारी , जीवनबहादुर शाही ,पर्यटन तथा संस्कृति ,र गगन थापाले स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिएका छन् । सथप लिएका मन्त्रीहरुले कायृभार आजैदेखि सम्हालेका छन् ।
यसअघि कांग्रेसका तर्फबाट  उपप्रधान एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पुर्वाधार तथा यातायात विकासमा रमेश लेखकले कार्यभार सम्हाली सक्नुभएको छ । सरकारमा अब काँग्रेसका तर्फबाट मन्त्रीको संख्या १५ पुगेको छ । सुरुमा काँग्रेसले १३ वटा मन्त्रालय पाउने सहमति भएको कुरा बाहिर आएपनि १५ मन्त्रालय लिएको छ । काग्रेस सभापति देउवाले पार्टीबाट केही राज्यमन्त्री पनि पठाउने तयारी गर्नुभएको जनाईएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार