जिल्ला अस्पतालमा डाक्टरको दरबन्दी १४, उपलब्ध दुई


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २१:५१ बजे

जिल्ला अस्पतालमा डाक्टरको दरबन्दी १४, उपलब्ध दुई

उदयपुर– उदयपुरको जिल्ला अस्पताल गाईघाटमा सरकारी दरबन्दीको चिकित्सक छैनन् । दरबन्दी भए र पनि चिकित्सक नहुँदा अस्पताल चिकित्सक बिहिन बन्दै गएको छ ।

२०७० सालबाट ५० शैय्यामा परिणत भएको अस्पताल गाईघाटमा विशेषज्ञ सहित १४ जना दरबन्दी रहेको रहेपनि एक मेडिकल सुपरिटेन्टेन्ट जनरलिष्ट अधिकृत तथा कार्यालय प्रमुख डा। बिष्णुबहादुर बस्नेत र एक मेडिकल अधिकृत डा। विशालकुमार देव मात्र रहेको छन् ।

अस्पतालका अनुसार तोकिएको दरबन्दी मध्ये एक दर्जन चिकित्सक दरबन्दीको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा हालसम्म प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याष्ट्रिक अधिकृत र मेडिकल अधिकृत आठौं तहको दरबन्दी भएपनि कुनै विशेषज्ञ नआएको मेसु डा। बस्नेतले बताए ।

एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत समेत नभएको प्रमुख डाक्टर बस्नेतले बताए । यसैगरी डेन्टल शाखामा पनि शुन्य छन् । हुनुपर्नेमा डेन्टल सर्जन अधिृकत र डेन्टल हाईजिनिष्ट सहायक हुनुपर्नेमा कोही छैन । फिजियोथेरापी लगायत अन्य अति आवश्यक कर्मचारी समेत छैन । ‘दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटक–पटक पत्राचार गर्दा पनि सुनुवाई नभएको डा। बस्नेतको गुनासो छ ।

स्थानीय तहबाट जाने दबाब मन्त्रालयले सुनुवाई नगरेका कारण समस्या भएको हो । यसका लागि अस्पतालले पुनः दबाव दिने तयारी गरेको छ’, अस्पताल विकास समितिका अध्यक्ष शिव रेग्मीले बताए । जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। बस्नेतले सरकारले आवश्यकता अनुसारको विशेषज्ञ सेवा व्यवस्था गर्नुपर्ने बताए । दरबन्दी अनुसार विशेषज्ञहरु नहुँदा बिरामीहरुले पाउनु पर्ने सेवा नै दिन नसकेको डा। बस्नेतले बताए ।

‘दबरन्दी अनुसार चिकित्सक माग गरी मन्त्रालयमा पठाउँदा पनि दरबन्दी अनुसारको चिकित्सक पठाउन चाहँदैन । यहाँ पर्याप्त मात्रामा दरबन्दी बमोजिम डाक्टरहरु उपलब्ध नगराउदा उपचार प्रभावित हुने गरेको छ,’ मेसु डा। बस्नेतले भने । अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको बताउँछन् । त्यसमा दैनिक सरदर ८–१० जना सुत्केरी हुने गरेको डा। बस्नेतले बताए । उनका अनुसार वार्ड र इमरजेन्सी गरी बिहान ८ बजेदेखि बिरामी चेक जाँच गर्दा गर्दै १०ः३० बज्ने गरेको छ । डा। बस्नेतले भने–‘कति खेर खाना खानु कति खेर ओपिडीको बिरामी जाँच गर्नु भ्याई नभ्याई छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार