प्रधानमन्त्री र आपूर्ति मन्त्रीबिचको छलफल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २०:४३ बजे

प्रधानमन्त्री र आपूर्ति मन्त्रीबिचको छलफल

काठमाण्डौ
भदौ ८
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डौ उपत्यकामा पछिल्लो समये ईन्धन प्राप्तिमा देखिएको असहजताबारे आपुर्ति मन्त्री दिपक बोहरा र आयल निगमका निर्देशक गोपाल खड्कासँग छलफल गर्नुभएको थियो । सिंहदरबारमा भएको छलफलमा  मन्त्री बोहरा र  निर्देशक खड्काले प्रधानमन्त्री समक्ष निगमको प्रगति विवरण पेस गर्नु भएको थियो ।

prachanda-2

छलफलमा मन्त्री बोहराले ३ महिनासम्म पुग्नेगरि ईन्धन भण्डारण गर्न प्रधानमन्त्री समक्ष योजना पेस गर्नुभएको थियो । देशमा २ लाख ८५ हजार केएल डिजेल, १ लाख १० हजार केएल पेट्रोल र ५० हजार टन ग्याँस भण्डारण गर्न सकिए त्यसले तीन महिनासम्म उपभोक्ताको माग धान्न सक्ने मन्त्री बोहोराले प्रधानमन्त्रीलाई जानकारी गराउनु भयो । त्यस्तै  उहाँले ७ वटा प्रान्तमा ५०÷५० हजार किलोलिटर ईन्धन, ५ हजार टन ग्याँस  र  राजधानीमा ५० हजार किलोलिटर इन्धन भण्डारणका लागि प्रधानमन्त्री समक्ष  प्रस्ताव पेश गर्नुभएको छ ।  मन्त्री बोहोरा र निर्देशक खड्काको  ब्रिफिङपछि प्रधानमन्त्री दाहालले आफूले यस विषयमा अध्ययन गरेर छिट्टै थप निर्देशन दिने बताउनु भयो । यसअघि अस्ति सोमबार प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्री दीपक बोहरासंग टेलिफोनमा चासो राख्नुभएको थियो । टेलिफोनमा प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसंग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार