प्रधानमन्त्रीको निर्देशन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २०:३८ बजे

प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ
भदौ ८
प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रे पाँचखालका युवा अजित मिजारको हत्याबारे छानविन गर्न समिति गठनका लागि गृहसचिव र नेपाल प्रहरीका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

prachanda-2

दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै आज ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्त्री दाहालले गृहसचिव नारायणगोपाल मलेगो र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई बोलाएर छानविन समिति बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर निष्पक्ष छानविन गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानबिन समिति बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार