काठमाण्डौ
भदौ ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको आरोपमा स्वास्थ्य मन्त्रालयको कन्सल्टेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नवौं तहमा कार्यरत डा. सुनिल आचार्य विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आचार्यले आइएस्सीको नक्कली प्रमाणपत्र बनाई एमबिबिएर पढेको र नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर समेत लिएको अख्तियारको आरोप छ । आचार्य २०६३ फागुन २७ गते नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समूह, मेडिकल अधिकृतको सातौं तहमा प्रवेश गरेका थिए । उनले भारतको रक्सौलमा रहेको राजाराम साह कलेजबाट सन् १९९७ मा आइएस्सीको प्रथम श्रेणीमा उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारले जनाएको छ ।
