इराकमा ३६ जना आइएसलाइ तुर्लुङ्ग झुण्ड्याइयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १९:२१ बजे

इराकमा ३६ जना आइएसलाइ तुर्लुङ्ग झुण्ड्याइयो

काठमाण्डौ
भदौ ५
इराकमा सन् २०१४ मा नरसंहार गरेको आरोपमा ३६ जना जना आईएस लडाकुलाई फाँसी दिइएको छ ।

इराकको टिक्रिट शहर नजिक रहेको अमेरिकी सैन्य क्यापमा २०१४ मा भएको नरसंहारमा १ हजार ७ सय सैनिक मारिएका थिए । इस्लामिक स्टेट आइएसका लडाकुले सो नरसंहार पछि उत्तरी इराकको धेरैजसो भुभाग आफ्नो नियन्त्रणमा लिएका थिए । आईएसले उक्त नरसंहारको फोटो र भिडियो पनि सार्वजनिक गरेको थियो । आक्रमणमा संलग्न रहेको आरोप लागेका ३६ जनालाई आज विहान इराकको नासिरिया जेलमा फाँसी दिइएको इराकी अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उनिहरुलाई गत फेब्रुअरीमा मात्रै फाँसीको सजाय सुनाइएको थियो । उनिहरु सबै इराकी नागरिक भएको बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार