काठमाण्डौ
भदौ ५
बरिष्ठ चिकित्सक गोविन्द केसीले अन्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफलका लागि संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव अगाडी बढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नु भएको छ ।
चिकित्सा स्वास्थ्य शिक्षा सुधारको माग गर्दै विगतमा आठ पटकसम्म अनसन बसिसकेको केसीले आज दिँउसो सभामुख घतीलाई उहाकै कार्यकक्षमा भेटी त्यस्तो आग्रह गर्नुभएको हो । उहाले अनशन तोडाउने क्रममा सरकारले आफुसग गरेका सहमति कार्यान्वयन गर्न र संसदमा दर्ता भएको प्रस्ताव अगाडी बढाउन सभामुख घर्तीसँंग आग्रह गर्नु भएको सभामुखका संचार संयोजक बबिन शर्माले जानकारी दिनुभयो ।
जवाफमा सभामुख घर्तीले सो प्रस्ताव संसदको कार्यसुचीमा रहेको र आगामी बैठकमा पेश गरेर संसदमा छलफल गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । डा. केसी आठौँ पटकको अनसन बसेकै बेला कांग्रेसका गगन थापा लगायतका तीन जना सांसदले व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।