आयल निगमले विदामा पनि हाइ काड्न नपाउने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १९:१४ बजे

आयल निगमले विदामा पनि हाइ काड्न नपाउने

काठमाण्डौ
भदौ ५
लगातार तीन दिन सम्म नेपाल आयल निगमले पेट्रोल वितरण नगर्दा उपत्यकामा ईन्धनको अभाव देखिएको छ ।  आयल निगमले तीन दिनको सार्वजनिक विदामा तेल वितरण नगरेपछि  पम्पहरुमा तेल भर्नेको लाईन बढेको हो ।

उपभोक्ताले चर्को घाममा घण्टौं लाइन बसेर तेल भरिरहँदा नेपाल आयल निगमले भने इन्धन अभाव नरहेको बताएको छ । आईओसीले नेपालबाट माग भएजतिकै इन्धन दिइरहेको र निगमले पनि पम्पबाट माग भएअनुसारकै तेल बिक्री वितरण गरिरहेको  निगमको दावी छ । लगातार ३ दिनसम्म सार्वजनिक विदा परेपनि निगमले तेल वितरण नगरेको हो ।  यसैविच आपूर्तिमन्त्री आपूर्तिमन्त्री दिपक बोहोराले पेट्रोल पम्पले माग गरेअनुसारकै तेल बिक्री वितरण गर्न आयल निगमलाई निर्देशन दिुभएको छ । मन्त्री बोहोराले आज सरोकारवालासँग छलफल गर्दै अहिले वितरण भइरहेको परिमाणलाई बढाएर सहज रुपमा तेल उपलब्ध गराउन निगमलाई निर्देशन दिनुभएको हो । मन्त्री बोहोराले शनिवार बाहेक सार्वजनिक विदाको दिन पनि पेट्रोल वितरण गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनु भएको छ । निगमले सार्वजनिक विदाको दिन थानकोट डिपोबाट तेल बिक्री वितरण नगर्ने गरेको थियो । मन्त्री बोहोराको निर्देशन पछि अब शनिवार बाहेकका सार्वजनिक विदाको दिनपनि तेल वितरण हुने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द प्रसाद रेग्मिले जानकारी दिनुभयो । प्रवक्ता रेग्मिका अनुसार निगममा माग अनुसारको ईन्धन संचित रहेकाले आजैबाट सहज हुनेछ । उपभोक्ताहरु पेट्रोल पम्पमा लाईनमा बस्न थालेपछि निगमले आज उपत्यकामा ६ लाख लिटर पेट्रोल वितरण गरेको प्रवक्ता रेग्मिले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार