नेपाली कामदार माग्यो लिथुएनियाले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १८:४६ बजे

नेपाली कामदार माग्यो लिथुएनियाले

काठमाण्डौ
भदौ ५
युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ ।

लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग भएपछि श्रम तथा रोजगार मन्त्रालयले यसलाई खोल्न प्रक्रिया अघि बढाएको हो । केही म्यानपावरहरुले लिथुएनियाबाट निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुमा लैजान अनुमति मागेका हुन् । उनीहरुले झण्डै १२ सय कामदारको डिमान्ड ल्याएको मन्त्रालय स्रोतले बतायो । युरोपियन देश लिथुएनिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ ।पोल्याण्ड, बेलारुस लगायतका देशसँगै रहेको यो देशमा आथिर्क गतिविधि बढेपछि पछिल्लो समय कामदारको माग बढ्दो छ । त्यसैले पनि लिथोअनियाले विदेशी कामदार लिन थालेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार