कृष्णबहादुर महरालाइ ओठ लेब्य्राउदै नेप्से


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १८:४३ बजे

कृष्णबहादुर महरालाइ ओठ लेब्य्राउदै नेप्से

काठमाण्डौ
भदौ ५
शेयर बजारमा साताको पहिलो दिन आज सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १२ दशमलव ६३ अंकले घटेर १७ सय २२ दशमलव ४३ अंकमा आइपुगेको छ ।

1421326457nepse-1.jpg

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २ दशमलव ६० अंकले घटेको छ । आज होटल समूहको कारोवार ६४ दशमलव ६३ अंकले बढेको छ भने अन्य सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बिमा समुहको परिसूचक ८१ दशमलव २९ अंकले घटेको छ । त्यसैगरी, जलविद्युत समुहको परिसूचक  ३८ दशमलव ८१, उत्पादन तथा वितरण समुहको परिसूचक ३२ दशमलव ६, विकास बैंक समूह १३ दशमलव ८२, वित्त समुह १३ दशमलव ४३, बैंकिङ समुह १० दशमलव ४१ र अन्य समुहको परिसूचक ४ दशमलव ३४ अंकले घटेका छन् ।
आज जम्मा १ सय ४२ कम्पनीको १० लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर किनबेच हुँदा ६८ करोड ७७ लाख ५२ हजार ६ सय २३ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार