
काठमाण्डौ
भदौ ३
प्रधानमन्त्री पुष्कमल दाहालको विशेष दूतका रुपमा हिजो साँझ भारत पुगेका उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि आज उच्च राजनीतिक भेटवार्तामा ब्यस्त हुनुभएको छ।
उपप्रधानमन्त्री निधिले भारतीय राष्ट्रपति प्रवण मुखर्जीसंग अहिले केहीबेरमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । निधिले यसअघि आज दिउसो भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री शुष्मा स्वराजसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
निधि र भारतीय गृहमन्त्री सिंहबिच लञ्च मिटिङ्ग भएको थियो भने त्यसपछि उहाँ विदेशमन्त्री स्वराजलाई भेट्न जानुभएको थियो । उहाँहरुबीच आपसी सम्वन्ध र द्धिपक्षीय हीतका बिषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भोली विहान भेट्नुहुने कार्यक्रम छ ।