साउन ३२
अमेरिका र इन्डोनेशियाबीच अब सिधा हवाई सम्पर्क हुने भएको छ । झण्डै एक दशकको प्रतिवन्धपछि इन्डोनेशियाको पहिलो श्रेणीको उडानको हवाई सुरक्षा रेटिङमा सुधार आएको भन्दै अमेरिकी फेडरल एभिएसन एडमिष्ट्रेसन एफएएले प्रतिवन्ध फुकुवा गरेको हो ।
ठूला दुर्घटनाका भएको भन्दै अमेरिकाले सन् २००७ यता इन्डोनेशियालाई प्रत्यक्ष उडानमा प्रतिवन्ध लगाएको थियो । गत मार्चमा भएको सुरक्षा समीक्षा पछि इन्डोनेशियाको सिभिल एभिएसन अर्गनाइजेसन सुरक्षित रहेको भन्दै एफएएले सिधा उडानका लागि अनुमति दिने भएको हो । तर उडान सेवा भने आगामी वर्षबाट मात्रै सुरु हुने जनाइएको छ । यसैबीच युरोपियन युनियनले भने हालै इन्डोनेशियाको तीन ओटा एयरलायन्स माथि प्रतिवन्ध लगाएको बीबीसीले जनाएको छ । पछिल्लो एक दशकमा दक्षिण पूर्वी एसियाका १३ ठूला विमान दुर्घटनामा परेका छन् जुन दुर्घटना औसत भन्दा बढी रहेको बताईको छ ।
