सरकार सामान तौलिदै बजारमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ साउन ३२ मंगलवार १५:४४ बजे

सरकार सामान तौलिदै बजारमा

घट्ला त कालोबजार ?

काठमाण्डौ
श्रावण ३२
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बजार अनुगमनलाइ तिव्रता दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कालोबजारी तथा महंगी नियन्त्रण गर्न बजार अनुगमन गर्न निर्देशन दिएको भोलिपल्ट देखि नै आपूर्ति मन्त्रालयले बजार अनुगमनलाइ तिव्रता दिएको हो ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध सरकारले विशेष अनुगमन हिजोबाट विषेश अभियान सुरु गरेको हो । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनको  लागी मन्त्रालयको टोली बिहानैदेखि लागिपरेको छ । आपूर्तिमन्त्री दीपक बोहोरा पनि बजार अनुगमनमा निस्कनुभएको छ । यसैबिच, अनुगमन समितीले आज काठमाण्डौको कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मारेको छ । सो गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेको छ । सरकारी टोलीले सिलबन्दी गरेपनि केहि समयमै गोदाममा कार्यरत गोपाल थापाले गोदाम खोलेपनि उनलाइ सरकारी टोलीले नियन्त्रणमा लिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोली अनुगमनका लागि बिग मार्टको लाजिम्पाटस्थित बिक्री केन्द्र पुगेर अनुगमन गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार