
३० साउन, काठमाडौं । नेवि संघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको कार्यालय सानेपामा भएको झडपमा तीन पत्रकार घाइते भएका छन् ।

पत्रकार चन्द्र बहादुर आले
घाइते हुनेमा फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका छन् । प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै आले र चौधरीको क्यामेरासमेत फुटाइदिएका छन् ।
साथै उनीहरुमाथि कुटपिट गरेको छ । फोटो पत्रकार क्लब नेपालले राज्यले नै चौथो अंगको दर्जा दिएको प्रेसमाथि राज्यबाटै आक्रमण भएको भन्दै निन्दा गरेको छ । फोटो-भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध हो, उसले भनेको छ, कुटपिट गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग फोटो पत्रकार क्लब नेपाल जोडदार माग गर्दछ । साथै घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्तिको मागसमेत गर्दछ ।’