हार्यो रोनाल्डोको टिम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १२ बिहीवार ०७:३४ बजे

हार्यो रोनाल्डोको टिम

काठमाण्डौ,१२ फागुन ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड पराजित भएको छ ।

गएराति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएको हो । भ्यालेन्सियाको जितमा सिमोनी जाजा र ओरिलानाले समान १–१ गोल गरेभने रियलका तर्फबाट क्रिष्टियानो रोनाल्डोले एक सान्त्वना गोल फर्काएका थिए । तर खेलमा हार व्यहोरेपनि लिग तालिकामा रियललाई कुनै असर परेको छैन । जम्मा २१ खेल खेलेको रियल लिग तालिकामा ५२ अंकसहित शिर्ष स्थानमै कायम छभने खेलमा जित निकालेको भ्यालेन्सिया मात्र २३ अंकसहित तालिकाको १५ औ स्थानमा छ ।

यस्तै २३ खेल खेलिसकेको साविक विजेता बार्सिलोना ५१ अंकसहित दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको सेभिल्ला लिग तालिकाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट