रियल मड्रिड हिरो हुदा बार्सिलोना बिल्बाओसँग पछारियो । मेस्सीले अचम्मको गोल गरेपनि जितेनन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २२ शुक्रवार ०६:५० बजे

रियल मड्रिड हिरो हुदा बार्सिलोना बिल्बाओसँग पछारियो । मेस्सीले अचम्मको गोल गरेपनि जितेनन्

२२ पौष,
काठमाण्डौ ।

बार्सिलोना एथ्लेटिक बिल्बाओसँग २– १ ले पराजित भएको छ । कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बिल्बाओसँग महंगा खेलाडी बोकेको बार्सिलोना स्तब्ध भएको हो ।

२–० को स्थितिमा रहेको बार्सिलोनाको लागि लिओनल मेस्सीले फ्रि किकमार्फत गोल गरेपनि टोलीलाई हारबाट टार्न सकेनन् । मेस्सीको गोल गोललाईनमा किपरले बचाउने प्रयास गरेपनि पोष्टभित्र पुगेर फर्किएको थियो । केहि विवादास्पद जस्तो देखिने गोल अन्ततः रेफ्रिले सिट्ठी फुकेपछि गोलको मान्यता पाएको हो । रेफ्रिको तत्कालको निर्णय आउनुभन्दा अघि गोल सेलिब्रेसन नगरेका बार्सिलोनाका खेलाडीलाई अन्ततः एउटै गोल भएपनि केहि राहत मिलेको हो । मेस्सीसहित, लुइस स्वारेज,नेयमार लगायतका उत्कृष्ट खेलाडी मैदानमै भएपनि बिल्बाओले बार्सिलोनालाई पछारेको हो । त्यसअघि भएको खेलमा रियल मड्रिड भने बिजयी भयो । रियलले सेभिल्लालाई ३– ० ले स्तव्ध पार्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यो सँगै रियल ३८ खेलदेखि हारेको छैन । रियलका रोनाल्डो,बेलको अनुपस्थितिमा करिम बेञ्जिमा बेञ्चबाट हेरिरहेका थिए । जेम्स रोड्रिग्वेजको २ गोल र वारानेको १ गोलको मद्धतमा रियल हिरो भएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट