महिलाको पक्षमा काम गर्ने नवनिर्वाचित प्रमुख उपप्रमुखको प्रतिबद्धता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ साउन २२ आइतवार ०७:५६ बजे

महिलाको पक्षमा काम गर्ने नवनिर्वाचित प्रमुख उपप्रमुखको प्रतिबद्धता

रत्ननगर चितवन, २२ साउन ।

चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताउनुभएको छ ।

उहाँले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिनुभएको छ । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उहाँको भनाइ थियो ।

गएराति करिव १०ः३० बजे विजयी हुनुभएका उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताउनुभयो ।

“देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भन्नुभयो, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।”

यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताउनुभयो ।

प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

भरतपुर महानगरको प्रमुखमा नेकपा ९एमाले०का देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै नेकपा ९माओवादी केन्द्र०की रेणु दाहाल विजयी हुनुभएको थियो । उहाँले ४३ हजार १२७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको छ । निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आज पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी छ ।

भरतपुरमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वोच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट