भण्डारी फेरि पाँचबर्ष राष्ट्रपतिमा आज पक्का हुदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ फागुन २९ मंगलवार १०:०८ बजे

भण्डारी फेरि पाँचबर्ष राष्ट्रपतिमा आज पक्का हुदै

काठमाण्डौं,२९ फागुन

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई ९दुवै भोजपुरका० प्रतिष्पर्धामा हुनुहुन्छ । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् ९प्रतिनिधिसभा, राष्ट्रियसभा० का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।

रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट