‘बगर’ को ‘नगर शंका’ सार्वजनिक


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७६ असार २२ आइतवार १०:३४ बजे

‘बगर’ को ‘नगर शंका’ सार्वजनिक

गीतकार तथा संगितकार राजकुमार बगरको नयाँ गीत ‘नगर शंका’ सार्वजनिक भएको छ ।

नम्रता तामाङले गाएको यो गीत युटुव मार्फत सार्वजनिक भएको हो । प्रेम सम्बन्धमा खलल ल्याउने मुख्य भाईरस ‘शंका’ नै हो । शंका बढ्दै गएपनि उत्पन्न हुने वियोगान्त वातावरणमा गीत पुगेको छैन,‘रोमाण्टिक’ पन् लाई नै गीतले अंगालेको छ । यसअघि दर्जनौँ लोकप्रीय गीत सिर्जना तथा संगित गरिसकेका बगरको यो गीत युवापुस्ताको लागि ‘हटकेक’ बन्न सक्नेछ ।

यस गीतको म्युजिक भिडियोमा पल शाह र एलिसा राईले अभिनय गरेका छन् । राजन ईशानले एरेञ्ज गरेको यो गीत त्रिवेणी स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतकार तथा संगितकार बगरको यसअघि ‘तिम्रो साथमा हास्न पाए’,‘मलाई तिम्रो सम्झनाले’,‘तिमीलाई आफ्नो भन्ने मेरो’ लगायतका चर्चित गीत सार्वजनिक भईसकेका छन् । ‘उडेर जून छुन्छु भन्थेँ’ देखि संगित क्षेत्रमा अनवरत रहेका गीतकार बगरले नयाँ पुस्ता अनुकुल लोकप्रीय सिर्जना समेत गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट