पेशल पराजुलीको अध्यक्षतामा सरोकार समाजले पायो नयाँ नेतृत्व


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७६ जेठ ८ बुधवार १२:५१ बजे

पेशल पराजुलीको अध्यक्षतामा सरोकार समाजले पायो नयाँ नेतृत्व

पेशल पराजुलीको अध्यक्षतामा ओखलढुंगा कटुञ्जे सरोकार समाजको नयाँ नेतृत्व चयन भएको छ । समाजको १८ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष पराजुली सहित ९ जनाको कार्यसमिति गत शनिबार चयन भएको हो । समितिको उपाध्यक्षमा होमप्रसाद सुवेदी,सचिवमा विष्णुलाल गिरी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा जालन्धर कार्की तथा सदस्यहरुमा रेवतीरमण धमला,कल्पना सुनुवार,दुर्गा श्रेष्ठ,माधव सुनुवार र मीना गुरुङ रहेको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।


ओखलढुंगाको साविक कटुञ्जे गा.वि.स. हाल सुनकोशी गाउँपालिकामा समायोजन भएको छ । सुनकोशी गाउँपालिका अन्तर्गतको कटुञ्जेबाट काठमाडौंमा बसोबास गर्दै आएका युवाहरुको सक्रियतामा यो समाज गठन भएको थियो । यसको १८ औँ अधिवेशन पनि राजधानीमा गरिएको हो ।
‘मलाई विस्वास गरेर समाजको नेतृत्व गर्ने जिम्मा दिनुभएको छ । म ओखलढुंगा कटुञ्जेका आम मानिसले महसुस गर्नेगरी राम्रा काम गर्ने प्रयत्न गर्नेछु’ नवनिर्वाचित अध्यक्ष पराजुलीले भने ।

समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै नवनिर्वाचित अध्यक्ष पराजुली  ।

 

सरोकार समाजले ओखलढुंगा कटुञ्जेका भुकम्पपीडितलाई राहत वितरण, दक्तदान कार्यक्रम लगायत आकस्मिक रुपमा आईपरेका समस्या मानविय तथा आर्थिक सहयोग गर्दै आएको छ । १२ बैशाख ०७२ को भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको एक ओखलढुंगा पनि हो । जिल्लाको कटुञ्जेका अधिकांश सर्वसाधारण भूकम्प प्रभावित छन् । सरोकार समाजले आगामी दिनमा पनि कटुञ्जेको आर्थिक, सामाजिक, साँस्कृतिक विकास एवं वातावरण संरक्षण गर्ने लगायतका कार्यहरु गर्ने संस्थाको मूख्य उदेश्य रहेको अध्यक्ष पराजुलीले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट