निब्सको बार्सिकोत्सवका झलकहरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ९ सोमवार ०९:०७ बजे

निब्सको बार्सिकोत्सवका झलकहरु

काठमाण्डौ
९ फागुन ।

राजधानीको मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल निब्सले आफ्नो ११औँ वार्षिक उत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

National ideal boardiang high school annual program-NIBS (4)

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी रहेका थिए । कार्यक्रममा हाँस्य कलाकार दिपकराज गिरी, पत्रकार रवि लामिछाने तथा अन्य प्रतिष्ठित व्यक्तित्वलाई विशिष्ट नागरिक सम्मानबाट सम्मानित गरिएको थियो ।

National ideal boardiang high school annual program-NIBS (6)
कार्यक्रममा विद्यार्थीले आफूमा रहेको अन्तरनिहित क्षमतालाई उजागर गरेका थिए भने अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हाँस्य कलाकार एवं जादुगर महादेव त्रिपाटीले पनि आफ्नो प्रहसन तथा जादु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री केसीले केही विद्यालयले नराम्रो गरेका होलान तर सबै विद्यालयलाई नराम्रो दृष्टिकोणबाट हेर्न नमिल्ने बताएका थिए । साथै उनले निब्सले गरेको कार्यक्रम प्रति सकारात्मक धारणा समेत व्यक्त गरेका थिए ।

National ideal boardiang high school annual program-NIBS (9)
त्यसैगरी कार्यक्रमबारे बोल्दै विद्यालयका फाउण्डररप्रिन्सिपल डि।एन। महतोे भने, हरेक बर्ष आयोजना गरिने यस कार्यक्रमलाई यो बर्ष विशेष रुपमा मनाउन पाउँदा धेरै नै खुशी लागेको छ । आज सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा धेरै नै हर्षविह्वल भएका छौँ र यस कार्यक्रमका प्रमुख अतिथिले कार्यक्रम हेरेर आफ्नो व्यस्तताको बाबजुत पनि तोकिएको समय भन्दा बढी समय हामीलाई दिनुभएकोमा कार्यक्रम सफल भएको महशुस गरेका छौँ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट