धरहरा निर्माणमा नर्स ! कोरोनाले धरहरा निर्माण शैलीको स्वरुप परिवर्तन हुदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ वैशाख ३० मंगलवार ०६:०५ बजे

धरहरा निर्माणमा नर्स ! कोरोनाले धरहरा निर्माण शैलीको स्वरुप परिवर्तन हुदै

लकडाउनकै बिचमा धरहरा निर्माणको काम पूनः सुचारु भएपनि कामदारको अभावले तीव्रता पाउन सकेको छैन । बन्न लागेको २२ तले धरहराको १० तला पुरा भएपनि त्यसभन्दा माथी उचाई लिन भने समय लाग्ने भएको छ ।

लकडाउन सुरु हुनुभन्दा एक दिन अघि बन्द भएको धरहरा निर्माणको काम अहिले भने जारी छ । काम सुचारु भएको १२ दिन बितेपनि लकडाउनका कारण घर गएका कामदार आउन सकेका छैनन् । राष्ट्रिय पूननिर्माण प्राधिकरणका धरहरा निर्माण हेर्ने विज्ञ राजुमान मानन्धरले हाल ३३ देखि ४० जनासम्म कामदारले दैनिक काम गरिरहेको बताए । ‘लकडाउन हुनुअघि दैनिक २ सयदेखि ३ सयसम्म कामदारले काम गर्दै आउनुभएको थियो । सबै मेसिनहरु चलेका थिए । तर पहिलेको जस्तो तिव्रगतिमा काम हुन केहि समय लाग्ला’ उनले भने ।

पूरातात्विक एवं सांस्कृतिक महत्व बोकेको धरहरालाई महत्वका साथ हेर्ने गरिएको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरणले धरहरा तथा रानीपोखरी निर्माणलाई उच्च प्राथमिकता दिदै आएको छ । यद्यपी कोरोना तथा लकडाउनको कारण हाल धरहरा निर्माणको कामले गति लिन नसकेको हो । ६ अक्टोबर २०२० सम्म निर्माण सम्पन्न गर्ने पूर्वनिर्धारित लक्ष्यमा फेरबदल हुने विज्ञ राजुमान मानन्धरले बताए ।

‘धेरैजसो कामदार लकडाउन हुने भएपछि घर जानुभयो । केहि कामदार सप्तरीतिर फस्नुभएको छ । उहाँहरुलाई काठमाण्डौ ल्याउन सके कामको गति बढ्न सक्नेथियो’ उनले भने । हाल कामदारलाई धरहरा भित्रै लकडाउन गरिएको छ । ‘कामदारहरु काम सकेर सुत्ने ठाउँमा मात्रै जानुहुन्छ । बाहिर हिड्न दिएका छैनौँ । भित्र पस्दा स्यानिटाईजर लगाउने,थर्मल गनले शरीरको तापक्रम नाप्ने काम भईरहेको छ’ मानन्धरले भने । उनका अनुसार कोरोनाको संक्रमण नेपालमा रहिरहे आगामी दिनमा धरहरा निर्माण परिसरमा एकजना नर्सको व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ ।

धरहरा निर्माण लगायत नयाँ धरहराको टुप्पोबाट देखिएको काठमाण्डौ भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट