‘तिम्रो घरको आगनीमा’ लिएर आए रमेश


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७५ असोज १२ शुक्रवार ११:२७ बजे

‘तिम्रो घरको आगनीमा’ लिएर आए रमेश

गायक रमेश गिरी आधुनिक गीत ‘तिम्रो घरको आगनीमा’ लिएर आएका छन् । यसअघि लोक तथा दोहोरी गीतमा आफूलाई उभ्याउदै आएका गायक गिरीले गाएको यो पहिलो आधुनिक गीत हो ।


मायाप्रेममा आईपर्ने उतारचढाप र त्यसको परिणाम प्रष्ट्याउन खोजेको यो गीतमा गायक गिरीले नै संगित भरेका छन् । शब्द भने बिछोड पछिको मिलनले संकलन गरेका हुन् । गीतको म्युजिक भिडियोमा सागर भण्डारी र सम्पदा बानियाँले अभिनय गरेका छन् ।

‘विशेषगरी युवाबर्गबिचको मायाप्रेम कतिसम्म गहिराईमा पुगेको हुन्छ र केहिगरी बिछोड हुने परिस्थिती आए सामना गर्दा कति हृदय चुटिन्छ भन्ने भाव यो गीतले दिन्छ’ गायक गिरीले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट