एक विद्यालयको लागि आधा करोड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ४ मंगलवार ११:०४ बजे

एक विद्यालयको लागि आधा करोड

गुल्मी, ४ माघ ।

गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि आधा करोडभन्दा बढी रुपैयाँ आर्थिक सहयोग जुटेको छ । जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५१ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेषगरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयका रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले आउँदो फागुन १४ देखि १६ गतेसम्म स्वर्ण महोत्सव सञ्चालन गर्न लागिरहेको छ । यतिबेला विद्यालयले विभिन्न स्थानमा आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट