पक्राउ परेका पटेल ज्वालासिंहका दाहिने हात

१२ पुस,
काठमाडौं ।

नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् ।

भारतको रामगढवामा सात वर्षदेखि लुकीछिपी बस्दै आएका पटेललाई भारतीइ प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाराको फेटामा घर भएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष छोली पक्राउ गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

शनिबार नै पक्राउ परेका पटेललाई हेटौंडाले
त्यही दिन जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमुक्त राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले वताए ।

१७ वैशाख २०६६मा बाराको कलैया नगर निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा पटेको संलग्नता रहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super