काठमाण्डौ ७ मा आफूले बाजी मार्ने लोकतान्त्रिक उम्मेदवारहरुको यस्तो छ आंकलन

१७ मंसिर,काठमाण्डौ

लोकतान्त्रिक गठबन्धनका काठमाण्डौ क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले आफूहरुले कम्तिमा ३ देखि ४ हजारको मतान्तरले जित्ने दाबी गरेका छन् । तारकेश्वर नगरपालिका – ४ स्थित पुरानो गुजेश्वरीमा शनिबार आयोजित चुनावी सभामा सो क्षेत्रका राप्रपाबाट प्रतिनिधिसभा उम्मेदवार विक्रम बहादुर थापाले जनस्तरबाट हौसला मिलेको बताए । शनिबारसम्मको घरदैलो कार्यक्रम र जनताको प्रतिक्रियाले उत्साहित बनाएको भन्दै निर्वाचनको दिनसम्म यो मतान्तर बढेर ७ हजारसम्म पुग्ने र आफूहरुले ढुक्कले जित्ने बताए ।

IMG20171125120647

नेपाली कांग्रेसका नेता एवं काठमाण्डौ क्षेत्र नम्बर ७ ‘ख’ का उम्मेदवार धर्मराज अर्यालले आफू सांसद नहुँदा समेत विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । सोहि सभालाई सम्बोधन गर्दै नेता अर्यालले कम्युनिष्टबाट निर्वाचित भएका यस क्षेत्रका सांसदले एउटा ‘माखो’ समेत मार्न नसकेको बताए ।

24324041_1340661899395981_380636727_o

कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रममा प्रदेश सभा सदस्यका लागी प्रत्यासी अर्यालले आफ्नो पहलमा धेरै विकास निर्माणको काम भएको बताए । उनले भने,‘मेरो पहलमा पुरानो गुजेश्वरीमा पाँच लाखको बत्ति जोडियो । यी लगायत मेरै पहलमा भएका कतिपय विकास निर्माणको काम आफुले गरेको भन्दै यसअघिका सांसद रामवीर मानन्धर हिड्नुभएको छ ।’ नेता अर्यालले घरदैलो कार्यक्रम लगायत जनताको प्रतिक्रियाले आफूहरुको जित सुनिश्चित भइसकेको दाबी गरे ।

भूकम्पको बेला समेत निर्वाचित भएर गएका कम्युनिष्ट नेताहरु जनताको बिचमा नआएको उनले बताए । आफूले क्षेत्र नम्बर ७ भित्र अहोरात्र खटेर कम्युनिष्ट,कांग्रेस वा यो र त्यो पार्टी नभनी पूरै जनताको सेवा गरेको अर्यालको दाबी छ । कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बाम एकतालाई कोदो र तोरीको मिश्रणको संज्ञा दिए । उनले भने,‘अहिलेको बाम एकताको जुन हल्ला फैलिरहेको छ । त्यो भनेको कोदोको गेडा र तोरीको मिसावट जस्तै हो । कोदो र तोरी मिसाएर पिध्दा न तेल आउछ, न पिठो आउछ ।’ नेता केसीले विकास निर्माणको काममा कांग्रेसलाई अरु पार्टीले भेट्न नसक्ने भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन र कांग्रेसले थालेका विकास निर्माणका काम पुरा गर्न दिन मतदातासमक्ष अपील गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super