भक्तपुरमा भूमाफियाको दादागिरी,थाहै नपाई आफ्नो जग्गा अरुको भईदिएपछि

६ मंसिर,काठमाण्डौ
नेताहरुलाई यतिबेला भोट आफ्नो पोल्टामा पार्ने चिन्ता छ । तर त्यहि नेताहरुको संरक्षण पाएर जग्गा दलाली गर्न र अरुको जग्गा हडप्न पल्किएकाहरुको दादागिरीले भक्तपुरका कतिपय बासिन्दा पीडित छन् । त्यसमध्येका एक हुन् हरिकृष्ण प्रजापति ।
भक्तपुर मध्यपुर थिमि – ५ तुलाननी टोलका हरिकृष्ण प्रजापतिलाई भने बर्षौँदेखि आफूले भोगचलन गरेको जग्गा एकाएक हराएकोमा चिन्ता छ । भक्तपुरमा डरलाग्दो रोग बन्दै गएको भूमाफियाको चलखेलले हरिकृष्णको पनि निन्द्रा हरेर लगेको छ ।

आजभन्दा २ महिनाअघि हरिकृष्ण आफूले बर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा बेच्न भनेर मालपोत गए । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ स्थित साविकको बालकुमारी गाविस ७ मा रहेको कित्ता नम्बर २०४ क्षेत्रफल ०–१४–०–० आनाको जग्गा बेच्ने उनको सोच थियो । घरखर्च चलाउन जग्गा बेच्न लागेका हरिकृष्ण त्यसबेला छाँगाबाट खसेजस्तै भए – जतिबेला उनको पूर्खादेखि भोगचलन गर्दै आएको मोही हक हिस्सा कट्टा भएको थाहा पाए ।

हरिकृष्णको पूर्खाले आजभन्दा एकसय ४१ बर्षअघि राजदरबारमा माटोको भाँडा बुझाउने गर्थे । त्यसबापत राजदरबारले उनीहरुलाई भोगचलन गर्न जग्गा दिने गर्थे । जसले जग्गामा खनजोत गर्छ,पछि आधा जग्गा उसैको हुने कानुनी व्यवस्था थियो । वि.सं. १९३३ को लालमोहरमा रहेबमोजिम हरिकृष्णको परिवारको नाममा हुदै आएको जग्गा अहिले भने भूमाफियाको चलखेलले गायब बनाएका छन् । हरिकृष्ण प्रजापतिका बुबा हाल ८२ बर्षका तीर्थ बहादुर सिपाही प्रजापतिको नाममा रहेको मोही हक हिस्सा हाल भक्तपुर गुण्डुस्थित अर्जुन थापाको नाममा एकलौटी पुर्जा तयार भएको छ । जग्गा किनबेच हुदै आउनेक्रममा जग्गाधनी फेरिदै गए । सोहिक्रममा तीर्थ बहादुर सिपाहीको मोही हक हिस्सा समेत जग्गाधनीले एकलौटी बनाए । तर यो कुरा तीर्थबहादुर तथा छोरा हरिकृष्णलाई थाहा थिएन । आफ्नो मोही हकको जग्गा बेच्न भनी भक्तपुर मालपोत कार्यालय पुगेपछि भने उनीहरुले आफु अन्यायमा परेको थाहा पाए ।

१९३३ सालको लालमोहर अनुसार तीर्थबहादुरकै परिवारले भोगचलन गर्दै आएको जग्गा ०४८ सालमा बनेन्द्र बिक्रम शाहको नाममा नामसारी भएको देखिन्छ । सो क्रममा मोही हक हिस्सा तीर्थबहादुर सिपाही प्रजापतिको नाममा थियो । त्यसपछि जग्गा बनेन्द्र हुदै सरस्वती कार्की,राजेश ज्ञवाली र अर्जुन थापाको नाममा किनबेच भएको छ । सरस्वती कार्कीले राजेश ज्ञवालीलाई जग्गा बेचेपछि भने मोही हक हिस्सा पाउने भनी यसअघि कायम हुदै आएको तीर्थबहादुर सिपाही प्रजापतिको नाम हटाइएको देखिन्छ । तीर्थबहादुरकै सहमतिमा मोही हक समेत जग्गाधनीकै नाममा गरिएको भन्ने नक्कली कागजात बनाएर भूमाफियाहरुले एकलौटी जग्गाधनीको नाममा बनाएका छन् । हाल तीर्थबहादुरकै छोरा हरिकृष्णको परिवारले जग्गा भोगचलन गर्दै आएका छन् । तर जग्गा बिक्री गर्न कानुनी रुपमा उनीहरुलाई बन्देज लगाइएको छ ।

स्थानीयबासीका अनुसार जग्गा किनबेच हुदै आउनेक्रममा स्थानीय वडा सचिव,भूमिसुधार कार्यालय,मालपोत कार्यालय र भूमाफियाको मिलेमतोमा मोही हक हिस्सा कट्टा गरिएको खुलासा भएको छ ।

हेर्नुहोस् तीर्थबहादुर सिपाही प्रजापतिका छोरा हरिकृष्ण प्रजापति, जो मोही हक हिस्सा आफ्नो परिवारले पाउनुपर्ने बताइरहेका छन् ।

23732597_1701973709834339_410587133_o
भ्रष्ट,भूमाफिया तथा दलाली प्रवृत्तिका व्यक्तिको चलखेलले हरिकृष्ण जस्तै इमानदारितापूर्वक श्रम गरेर खाने सर्वसाधारणलाई हैरान बनाएको छ । यसैगरी कानमा तेल हालेर सरकार सुतिरहने हो भने अझै भूमाफियाको चलखेल नबढ्ला भन्न सकिन्न । यसतर्फ सरकारी निकायको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

हेर्नुहोस् थप कागजात

20171118_090720

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super