राप्रपा राष्ट्रवादीबाट दिएको उम्मेदवारी फिर्ता लिदै पूर्वसांसद श्रेष्ठ कांग्रेसमा

९ कात्तिक
काठमाडौं

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा साना राजनीतिक दलहरु ठूला राजनीतिक दलसँग एकता गर्नेक्रम एकपछि अर्को बढिरहेको छ । अर्कोतर्फ कतिपय पूर्वसांसद तथा विभिन्न दलका नेता नयाँ पार्टीमा प्रवेश गर्ने वा आफ्नै पूरानो घरमा फर्किनेक्रम जारी देखिन्छ ।
नेपाली कांग्रेसकै झण्डामुनी राजनीति सिकेर राप्रपा हुदै राप्रपा राष्ट्रबादीमा रहेकी पूर्व सांसद एवं महिला नेतृ राज्यलक्ष्मी श्रेष्ठ नेपाली कांग्रेसमै प्रवेश गरेकी छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीलाई आसन्न निर्वाचनमा पूर्ण सहयोग गर्ने घोषणा गर्दै उनले राप्रपा राष्ट्रबादीबाट पूरानै घर अर्थात नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । कांग्रेस प्रवेशसँगै उनले विज्ञप्तीमार्फत प्रतिनिधिसभा निर्वाचनका लागि आफुले राप्रपा राष्ट्रबादीबाट दिएको उम्मेदवारी फिर्ता भएको घोषणा गरेकी छन् ।

उनले विज्ञप्तीमा भनेकी छन्,‘आजको विषम परिस्थितिमा देशमा लोकतन्त्रको स्थायीत्व र सुदृढिकरणमाथी नै जोखिम बढ्दै गएको र लोकतन्त्रका आधारभुत मूल्यमान्यता र व्यवस्थामाथी गम्भिर खतराका लक्षण देखापर्न थालेको यथार्थलाई आत्मसात गरी राजनीतिक स्थायीत्व,लोकतन्त्रको सुदृढिकरण र विकास र समृद्धिबारे जनताका आवश्यक्ता तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा नै असर पर्न थालेको मैले टड्कारो अनुभव गरेकी छु ।’

राज्यलक्ष्मी श्रेष्ठले जयनेपाल भन्दै कांग्रेसमा प्रवेश गरेको विज्ञप्ती यस्तो छ

22831096_1594110863981538_1055339087_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super