४ बर्षमा ४ सरकारदेखि राष्ट्रपति र सभामुखसम्म बनाएको संसद आजबाट सकिदै

काठमाडौं, २७ असोज

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउने दिनलाई आधार मानेर संसद बैठक शुक्रबार टुंगिदैछ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म संसद रहने संवैधानिक व्यवस्था अनुसार संसदको कार्यकाल शुक्रबारबाट स्वतः सकिन लागेको हो ।
सरकारले प्रतिनिधि सभाको निर्वाचन १० र २१ मंसिरमा गरी दुई चरणमा गर्दैछ । सोहि मितिमा प्रदेश सभाको निर्वाचन समेत हुदैछ । संवैधानिक व्यवस्थाअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समयलाई आधार मान्ने वा समानुपातिक उम्मेदवारी मनोनयनलाई आधार मानेर संसद बैठक टुंग्याउने अन्यौल थियो । अन्ततः सभामुख ओनसरी घर्ती,दलहरु र संसद सचिवालयबिच समानुपातिक उम्मेदवारी मनोनयनपनि प्रतिनिधिसभाकै लागि हुने भन्दै शुक्रबार नै संसद टुंग्याउने समझदारी भएको हो ।
२९ असोज अर्थात आईतबार समानुपातिक उम्मेदवारको सुची दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ । सोहिअनुसार भोलि २८ गते संसदको कार्यकाल सकिनेछ । यद्यपी भोलि शनिबार भएकाले शुक्रबार आज नै संसद बैठकलाई अन्तिम बनाउन लागिएको हो ।

संसद यसो भए रहन्छ
१० असोजमा तोकिएको पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचन मिति सार्नेबारे सत्तारुढ नेपाली कांग्रेस निकै इच्छुक देखिन्छ । अझ प्रधानमन्त्री शेरबहादुर देउवा बढि नै इच्छुक देखिन्छन् । यद्यपी प्रमुख प्रतिपक्षी एमाले,सत्ताघटक माओवादी केन्द्र लगायतका अन्य केहि दलभने चुनाव सार्नुपर्ने पक्षमा छैनन् ।
२९ गते आइतबारलाई तोकिएको समानुपातिक उम्मेदवारको सुची दर्ता गर्ने समय पर सार्नुपर्ने प्रस्ताव कतिपय सांसद नेताले सरकारसमक्ष गरेका छन् । सोहिअनुसार निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुची बुझाउने समय पर सारेमा भने संसदको कार्यकाल समेत बाँकी रहनेछ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन नै नतोकिएको वा मनोनयनको समय नआएकै भएपनि आगामी ७ माघसम्म संसदको कार्यकाल रहने संवैधानिक व्यवस्था छ । यद्यपी त्यसअघि नै निर्वाचन हुने स्थिति आए प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म संसद रहने भन्ने संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल ७ माघ अगावै सकिन लागेको हो ।

४ बर्षे संसदले ?

हुन त ४ मंसिर ०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचन यता यो अवधिमा धेरै काम भए । ती उल्लेखनीय काम यस्ता छन् ः

ड्ड     संविधानसभाले सुवास नेम्वाङलाई पुनः संविधानसभाको अध्यक्षमा निर्वाचित गरायो ।
ड्ड    ३ असोज ०७२ मा संविधानसभाबाट नेपालको संविधान,२०७२ घोषणा भयो ।
ड्ड   संविधानसभाबाट रुपान्तरित संसदले एमाले नेतृ विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गरायो ।
ड्ड    तत्कालिन एकिकृत माओवादीका नेता नन्दबहादुर पुनलाई उपराष्ट्रपतिमा निर्वाचित गरायो ।
ड्ड    माओवादी केन्द्रकै नेतृ ओनसरी घर्तीलाई सभामुखमा निर्वाचित गरायो ।
ड्ड    तत्कालिन राप्रपा नेपालका गंगाप्रसाद यादवलाई उपसभामुख बनायो ।
ड्ड    ४ बर्षमा ४ सरकार बनायो । जसमा शुशील कोइराला,केपी शर्मा ओली,पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नेतृत्व गरे ।
ड्ड    संविधान कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक पारित ग¥यो । सोहि विधेयकमाथी टेकेर मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक ऐन कानुन समेत बनायो ।

राष्ट्रिय सभा विधेयक अड्कियो, अब अध्यादेशबाट
राष्ट्रिय सभा निर्वाचन विधेयक सरकारले अध्यादेशमार्फत ल्याउने भएको छ । बहुमतीय प्रणालीअनुसार राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने एमाले तथा माओवादी केन्द्रको अडान र एकल संक्रमणीय मत प्रणाली अपनाउनुपर्ने कांग्रेसको अडानले संसदको कार्यसुचीमा परेर पनि सो विधेयक टुंगो लाग्न नसकेको हो ।
संविधानमा समेत व्यवस्था नभएको एकल संक्रमणीय मत प्रणाली अपनाउनुपर्ने कांग्रेसको अडानले महत्वपूर्ण विधेयक अड्किएको माओवादी केन्द्रका नेता एवं कानुनविद रामनारायण बिडारीले बताए । अब सरकारले अध्यादेशमार्फत आफू अनुकुल विधेयक ल्याउने विडारीले बताए ।
यता कांग्रेस सांसद राधेश्याम अधिकारीले व्यवहारिकरुपमा समेत एकल संक्रमणीय व्यवस्था समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हुने भएपनि दलहरुबिच सहमति नजुटेको बताए । उनले भने,‘ निर्वाचन पद्धतिबारे दलहरुले आ–आफ्नो हरहिसाव गर्लान् त्यो आफ्नो ठाउँमा छ । सामान्यतया एकल संक्रमणीय मत अनुसार धेरै दलको प्रतिनिधित्व हुनेछ । थोरै मत ल्याउने दलहरुको समेत राष्ट्रिय सभामा प्रतिनिधित्व हुनेछ । बहुमतीय आधारमा जाने हो भने त जसले बढि मत ल्याउछ उसैको मात्रै राष्ट्रिय सभामा प्रतिनिधित्व हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super