सपनाको सफलता

काठमाण्डौ
१५ फागुन ।

काठमाडौ ।  झापा दमकमा जन्मिएकी  सपना बुढाथोकी पछिल्लो समय म्युजीक भिडियोमा खुबै व्यस्त छिन् । कुशल नृत्यंगना समेत रहेकी उनलाई  देशका विभिन्न स्थानमा हुने  मेला तथा महोत्सवमा समेत नृत्य प्रस्तुत गर्न भ्याइइ नभ्याई हुने गरेको छ ।

उनले ‘आयो है दशै’, ‘आयो दशै हुने र खानीलाई’ , ‘बैश चढ्यो,’ ‘नक्कले’ बोलका गीत गीत लगायत १०  भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यस्तै जलजला परियारको स्वरमा रहेको ‘ढुगांको मन’ बोलको गितमा पनि उनको अभिनय छ ।

16899999_1354182004643169_1720960562_n
उनी अभिनयमा आफ्नो मुख्य रुची फिल्म भन्दा म्युजीक भिडीयो नै रहेको  बताउछिन् । मेरो ‘टार्गेट’ भनेको म्युजिक भिडियो नै हो, पारिवारिक सपोर्ट एवं साथीभाइको हौसलाले यसैमा खुशी छु,’ उनी भन्छिन् । रहरै रहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी सपना यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् ।

16901779_1355279664533403_199546105_n
कुशल नृत्यांगना सपना भन्छिन, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका भूमिका निर्वाह गर्न सक्छु ।’ उनि नेपाली रजटपटका चकलेटी नायक आर्यन सिग्देल, संयम पुरी तथा नायिका प्रियंका कार्कीको अभिनयबाट आफु प्रभावित भएको बताउछिन् । मौसमअनुकूल पहिरन लगाउन रुचाउने सपना आफूलाई ‘क्याजुएल वेयर’ नै म्याच हुने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super