१५ फागुन
काठमाण्डौ ।
स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला विजयी भएको छ । गएराती भएको खेलमा सेभिल्लाले रियल बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै उसले ५२ अंकसहित शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी बराबरी गरेको छ । गएराती भएको खेलमा सेभिल्लालाई जिताउन गाब्रिएल मेर्काडो र विसेन्ट इबोर्राले गोल गरे । बेटिसका लागी रिजा डुर्मिसीले पहिलो गोल गरेका थिए । गएराति भएका अन्य खेलमा एलाभेसले भ्यालेन्सियालाई २–१, लेगानेसले डिप्रोटिभोलाई ४–० तथा एइबरले मालागालाई ३–० ले पराजित गरेका छन ।