सानै उमेरमा लव लेटर लेखेका चलचित्र अभिनेता एवं मोडल सबिन तुम्बाहाङ्फे

नेपाली कलाकारिता क्षेत्रको एक इमानदार र भरपर्दो नाममध्ये सबिन तुम्बाहाङ्फे पनि एक हो । उनको सुन्दर मुहारभित्र लुकेको सुन्दर कलाकारिता तथा अभिनयको शक्ति विभिन्न म्युजिक भिडियो तथा चलचित्रबाट उनले उजागर गरिसकेका छन् । एक दर्जन बढी नेपाली गीतसंगितमा अभिनय गरिसकेका तथा लिम्बु समुदाय,संस्कृतिमा आधारित चलचित्र केबा कोम्मामा मुख्य कलाकारको रुपमा अभिनय गरेका उनै सबिन तुम्बाहाङ्फेसँग हरेकन्युजकर्मीले गरेको कुराकानी –
सबिन जी स्वागत छ हरेकन्युजमा ।
धन्यवाद ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
म युकेबाट फर्केको करिब १ महिना भयो । अहिले आफ्नै व्यवहारिक काम अनि साथीभाई भेटघाटमा व्यस्त छु ।

तपाईले अभिनय गरेका म्युजिक भिडियोदेखि चलचित्रसँग पनि धेरै मानिस परिचित छन् ,भन्दिनुस् न अभिनय क्षेत्रमा कसरी लाग्नुभयो ?
सानो उमेरदेखि नै कलाकार अग्रजहरुसँग संगत भयो । चिनजान भयो । विशेषगरी म इमाडोलमा बस्दा आदरणीय कलाकार दाई किरण केसीको घर त्यहिँ नजिकै थियो । उहासँग नजिकका कलाकार दाजुभाईहरुसँग घुलमिल हुदैगर्दा म पनि अभिनयको नजिक पुगेँ । त्यसबेला आम्मै नामको सिरियल चर्चामा थियो । अनि अर्को सिरियल पनि थियो मैले नाम बिर्सेँ । एकजना दाईले आम्मै सिरियलमा लानुहुन्थ्यो । कहिले एक महिना, कहिले धेरै दिनपछि आफ्नो पालो आउथ्यो । मुख्य भूमिका नपाईने पछाडी बसेर विभिन्न अभिनय गर्नुपर्ने हुन्थ्यो । हाँसिदिनुपर्ने,चिया खाने,केटी लखेट्ने जस्ता भूमिका आउथ्यो । त्यसबेलासम्म मेरो धेरै रुची त थिएन । काठमाण्डौमै याक्थुङ–चुम्लुङ लिम्बु समाजको याक्थुङ–चुम्लुङ छ । त्यहाँ हाम्रो कल्चर,च्याब्रुङ नाच,धाननाच हुने गथ्र्यो । त्यसमा म पनि नाँचे । धेरै कलाकारसँग जम्काभेट हुदैगर्दा म्युजिक भिडियोमा अभिनय गर्ने अफर आउन थाल्यो । मैले पहिलो चोटी दिदी मनु नेम्वाङको गित सयौँ चोट बोलको गीतमा मैले अभिनय गरेको हुँ । त्यहिबाट मैले अभिनयमा औपचारिक रुपमा सुरुवात गरेको मान्छु मैले ।

त्यसपछि अभिनयलाई कसरी अगाडी बढाउनुभयो ?
त्यस गितमा अभिनय गरिसकेपछि मैले बागबजारस्थित कलाकार दिपक क्षेत्रीको ट्रेनिङ क्लासमा थप अभिनय सिकेँ । मोडल लिष्टमा  आफ्नो नाम पर्यो । साथीहरुले अफरहरु आउन थाले । खेल्दै गएँ ।

01

अभिनय क्षेत्रमा जम्दाजम्दै युके चाँहि किन जानुभयो ?
त्यसबेला,युके जान पाउनु नै ठूलो कुरा मानिन्थ्यो । मेरो पारिवारिक ब्याकग्राउण्ड नै ब्रिटिस आर्मीसँग जोडिन्छ । मेरो बुबा ब्रिटिङ आर्मी हुनुहुन्थ्यो । मैले बुबा ममीको सन्तानको रुपमा एप्लाई गरेँ । भिसा लाग्यो । अनि जानैपर्ने भयो ।

केबा कोक्मा अभिनय गरिसकेपछि जानुभयो कि ?
होइन, युके ६ महिना बसेर आएपछि केबा कोक्मा अभिनय गरेको हुँ ।

युके गएपछि त तपाईको अभिनय क्षेत्रको करियर मा असर गरेन ?
एकदमै । असर त गर्यो । साथीभाईहरुले सबिन नै चाहिन्छ भन्दैगर्दा म नेपालमा उपलव्ध थिइँन । साथीभाईसँगको सम्पर्क कम भयो । यद्यपी युके गएपनि आफ्नो नाम र योगदानलाई अझ अगाडी बढाउन मैले बेला बेला अभिनय क्षेत्रमा काम गरिरहेको छु । अनि विश्व लिम्बु सांस्कृतिक महासंघको युके केन्द्रको अध्यक्ष छु । आफ्नै भाषा,लिपी,संस्कृति समेटिएको संस्था हो । यसमै व्यस्त हुन्छु । बेलाबेलामा युके तिरैबाट नेपाली सांगितिक क्षेत्रलाई अझ सम्वद्र्धन,प्रर्वद्धनको क्षेत्रमा काम गर्दै आएको छु ।

02
केबा कोक्माको कुरा गर्दा तपाईकै भनाईमा कस्तो चलचित्र हो यो ?
यो चलचित्र विशेषगरी लिम्बु समुदायमा आधारित छ । लिम्बु समुदाय र संस्कृतिमाथी सरकारले सम्बोधन गर्न नसकेको सन्दर्भहरु यस चलचित्रमा जोडिएको छ ।

भनेपछि यो चलचित्रमा राजनीति जोडिएको छ ?
एकदमै जोडिएको छ । जस्तै लिम्बु समुदायले कुनै शुभकार्य गर्दा बजाउन च्याब्रुङ बाजा चाहिन्छ । च्याब्रुङ बनाउन रुख काट्नुपर्छ । रुख काट्न सरकारी तवरबाट रोकिन्छ ।अर्कोतर्फ च्याब्रुङ ढोलको छाला, बजाउने ठाँउ ताना भन्छ । त्यसका लागि गाईको छाला चाहिन्छ । अब गाई मार्न पाइदैन । यो ठूलो मुद्धा हो नि । यसरी लिम्बु समुदायको ठूलो मुद्धा उठाइएको चलचित्र हो ।

यो चलचित्रको निर्माता र निर्देशक को हुनुहुन्छ ?
केबा कोक्मा फिल्मको निर्देशक रबि शेर्मा हुनुहुन्छ र निर्माता अइन्द्र सुन्दर नेम्वाङ हुनुहुन्छ । अइन्द्र सुन्दर नेम्वाङ व्यवस्थापिका संसदको सदस्य,अर्थात सांसद पनि हुनुहुन्छ ।

अभिनय क्षेत्रमा तपाईको योगदान पनि महत्वपूर्ण छ, अवार्डहरु पनि पाउनुभएको छ ?
छ,विभिन्न क्षेत्रबाट सम्मानित भएको छु । साथै शंका नगर बोलको गितमा मैले गरेको अभिनय मार्फत मैले पब्लिक अर्वाड पाएको छु ।

award
अब थोरै तपाईको विगतको कुरा गरौँ, कहाँ जन्मिनुभएको हो तपाई ?
मेरो जन्म ताप्लेजुङ जिल्लाको नाल्बु गाविसमा भएको हो । मैले करिब १३ बर्षसम्मको उमेर मैले जन्मथलो तिरै बिताएँ । त्यसपछि हामी काठमाण्डौतिरै आयौँ । इमाडोलमा ।

एउटा कुरा नढाँटी भन्दिनुस् कि,यहाँको जीवनमा प्रेमप्रसंग कसरी लागु हुन्छ,तन्नेरी अवस्थामा कुनै केटाले केटीप्रति वा केटीले केटाप्रति गर्ने प्रेमको प्रसंग हो यो ।
यो प्रेम प्रसंगको कुरा गर्दा एउटा मेरोपनि गज्जवको प्रसंग छ । प्रा वि तहको पढाई सकेर जव उनी म पढ्ने स्कुलमै आइन् । त्यसपछि हामीबिच एक अर्कालाई मन परापर भयो । त्यसपछि विस्तार विस्तार हल्ला भयो । सामान्य हलचल नै मच्याएको थियो त्यसबेला बाल्यकालको प्रेम प्रसंगले । चिठीपत्र लेखालेख पनि भयो ।

sabin-and-jharana
पहिलो पटक चिठी तपाईले नै लेखेर दिनुभयो कि ?
हाँस्दै एकदमै । पहिलोपटक चिठी मैले नै लेखेको हुँ । एकजना दाईमार्फत उनीलाई चिठी दिन लगाएँ । उनले पनि चिठी पठाउन थालिन् यसरी हाम्रो करिब २ बर्षसम्म प्रेम प्रसंग चल्यो ।

पछि ?
पछि मेरो परिवार काठमाण्डौ बसाई सर्यो । त्यसपछि विस्तार विस्तार समय परिस्थितीसँगै उनीसँगको प्रेम प्रसंग छुट्न गयो ।

1551685_628730810520058_55601447_n
निकै महत्वपूर्ण कुरा र तपाईको जीवनयात्राका अहिलेसम्मका प्रसंगहरु बताइदिनुभयो यहाँलाई धन्यवाद ।
मेरो कलाकारिता क्षेत्र,अभिनय क्षेत्रको कुरा बाहिर ल्याउने मौका दिनुभयो । सँगै मेरो जीवनका रमाइला क्षणहरु पनि सम्झिने यो अवसर भयो । तपाईहरुलाई पनि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super