नेपाल हिन्दुराष्ट्र अवश्य हुनेछ– महासचिव अस्मिता भण्डारी

अस्मिता भण्डारी
महासचिव
विश्व हिन्दु महासंघ ।

विश्व हिन्दु महासंघमा आवद्ध हुनुभएको कति भयो ?

झण्डै १०÷११ बर्ष भयो । त्यो भन्दाअघि म सक्रियरुपमा पत्रकारिता गर्थेँ । महिलासँग सम्बन्धित ‘महिला सञ्चार समुह’ भन्ने संगठन पनि छ । मानचित्र म्यागजिन पनि प्रकाशित गरियो । विभिन्न रेडियो,टेलिभिजनतिर पनि काम गरियो । पत्रकारिताको माध्यमबाट धेरै मानिसहरुसँग चिनजान तथा नजिक भइयो । त्यहि सन्दर्भमा विश्व हिन्दु महासंघमा म पुगेँ । जब मुलुक धर्मनिरपेक्ष भयो,मुलुक द्धन्द्धबाट शान्तीप्रकृयामा आएपछि म यो महासंघमा लागेँ । विश्व हिन्दु महासंघको काठमाण्डौ च्याप्टरको सचिवको रुपमा म गएँ । सचिव हुनका लागि भएको त होइन । तर काम गर्दै जाँदा जिम्मेवारी आयो ।
संसारमा धेरै त्यस्ता देश छन्, जो आफ्नो धर्ममा अडिएका छन् । जसरी क्रिस्चियन,मुसलमान र बुद्धिष्ट मुलुक छन् । संसारमा हिन्दु देशको परिचय बोकेको नेपालमात्र रहेछ । यो त हाम्रोलागी गर्वको कुरा थियो, यो कुरा हराउनु हुन्नथ्यो भन्ने चेतनाले काम गरेकाले म यो महासंघमा च्याप्टरको सचिव हुदै जिल्ला सभापति हुदै,राष्ट्रिय समितिको केन्द्रिय सदस्य हुदै अन्र्तराष्ट्रियको केन्द्रिय सदस्य अनि सचिव हुदै अहिले महासचिव छु ।

महासंघमा कति संख्यामा सदस्य हुनुहुन्छ ?
विश्व हिन्दु महासंघको पृष्ठभूमिबाट हेर्नुपर्ने हुन्छ । ०३७ सालमा नेपालमा विश्व हिन्दु महासम्मेलन भयो । त्यो बिरगंजको पिपरामोठमा भएको थियो । त्यहाँ धेरै मुलुकका ओमकार परिवारहरु आए । त्यसबेला हाम्रा राष्ट्रगुरु योगी नरहरिनाथ र राजा बिरेन्द्रको कन्सेप्टबाट विश्व हिन्दु सम्मेलन भयो । त्यो सम्मेलनले महासंघको प्रारुप तयार पा¥यो । नेपाल संसारको एकमात्र हिन्दु देश भएकाले यसको केन्द्रिय कार्यालय नेपालमा रहने र केन्द्रिय अध्यक्ष नेपालकै हुने भन्ने रह्यो । जसको निरन्तरता आजसम्म छ । त्यसपछि पनि नेपालमा अन्तराष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनले नेपालका राजालाई हिन्दु सम्राट घोषणा ग¥यो । त्यो बेला नेपाल धर्मनिरपेक्ष थिएन । त्यसले नेपाल जतिपनि हिन्दुमा आस्था राख्नेहरुको आस्थाको केन्द्र बन्न पुग्यो । च्याप्टरहरु विभिन्न देशमा फैलियो । ४४ देशमा यो महासंघको च्याप्टर पुगे । नेपाल च्याप्टरभित्र पनि नेपालभरी हाम्रो संगठन छ । त्यसकारण हाम्रो कति सदस्य छन् भनेर गणना गर्न गाह्रो छ । धेरै हुनुहुन्छ । नेपाल धर्मनिरपेक्ष भईसकेपछि त्यसको प्रभाव विश्व हिन्दु महासंघमा पनि प¥यो । हरेक जनमानसमा नकारात्मक धारणा पुग्यो । पहिले ४४ देशमा विश्व हिन्दु महासंघको च्याप्टर थियो भने अहिले १८ वटामा मात्रै छ ।

हिन्दुधर्मकै नाममा राजनीति गर्ने दलहरु पनि छन्, तर तिनिहरुकै साईज जनताले निर्वाचनबाट सानो बनाईदिएका छन् । नेपालमा धर्मनिरपेक्षता नै फापिरहेको देखिन्छ नि ?
धर्मनिरपेक्षता फापेको भन्दापनि धर्मरिनपेक्ष कुन ढंगबाट गरियो भन्ने महत्वपूर्ण हो । हिजो एउटा व्यवस्थाका विरुद्ध नेपालमा द्धन्द्ध भयो । त्यो द्धन्द्ध राजनीतिक दल र जनता बिचको द्धन्द्ध थिएन । त्यो द्धन्द्ध माओवादी र राजाको बिचको थियो । त्यो केहि असन्तुष्टिको कारणले थियो । त्यसको जिम्मेवार राजा र द्धन्द्धरत पक्ष थियो । राजा र द्धन्द्धरत पक्ष वार्तामा आउदा उनीहरुबिचमै समन्वय हुनुपथ्र्यो । तर तेस्रो शक्ति आएर जसरी राजालाई पाखा लगाएर माओवादीसँग सहकार्य ग¥यो । त्यहाँ निषेध भयो । राजा र राजनीतिक दलहरुबिच राम्रै समन्वय थियो । त्यसबेला राजा र माओवादीबिच समन्वयको आवश्यक थियो । तर दिल्लीमा गएर १२ बुदे सहमति गरेर राजसंस्थालाई पाखा लगाउने कुरा भयो । पश्चिमाहरुको इसारामा भारतले अभिभावकको रोल ग¥यो । हाम्रा दलहरु अघि लागे । जसले राजसंस्थाजस्तो इतिहास निर्माणको संस्था हटाइयो । विदेशीहरुको प्रभावमा परेर धर्म र राजसंस्था मासियो । जनताले त्यसबेला पनि मानेका थिएनन् । नेपाललाई धर्म निरपेक्ष गर्ने कि नगर्ने भन्नेबिच जनमतसंग्रह नै भएन । यो किसिमले हेर्दा एउटा अवैधानिकरुपमा कसैको प्रभाव भएर धर्मनिरपेक्ष बनाइयो । हामीले राजनीतिक दलहरुलाई सोध्यौँ,छलफल ग¥यौँ । तर उहाँहर नाजवाफ हुनुभयो ।
हिजो कांग्रेस एमालेले राजा हुँदापनि भोट ल्याएकै थिए । अहिले हिन्दुराष्ट्रको मुद्धा उठाउनेहरु तीनतिर फर्किनुभयो । उहाँहरु पनि अरु पार्टीझै पदलिप्सामा लाग्नुभयो । हुन त भोट आएकै छ । हिन्दुराष्ट्र समग्र नेपालको एजेण्डा हो । कुनै कमल थापा वा अरु कसैको व्यक्तिगत एजेण्डा होइन । धर्मनिरपेक्षताको नाममा यहाँ धेरै अनैतिक कामहरु भईरहेका छन् ।

धर्मनिरपेक्ष मुलुक भएपछि नेपालमा विकृति भएको देख्नुहुन्छ ?
विकृति भएको छ । हिन्दुराष्ट्रको जग कमजोर पारेर यहाँ अन्तराष्ट्रिय शक्तिहरु हावी भए । जसले हाम्रो राष्ट्रियता एकदम तरल भएर गयो । हाम्रो हिन्दुधर्म धर्ममात्रै नभएर संस्कृति हो । संस्कृति भनेको जीवनपद्धति हो । जीवनपद्धतिले नै जीवन चलेको हुन्छ । विश्व हिन्दु महासंघको जुन अवधारणा छ । हाम्रो हिन्दुत्वको अवधारणाअनुसार हामी सबै एक भएर बसेका छौँ । यहाँ मुसलमान,क्रिस्चियन पनि छन् । उनीहरुको सुरक्षाको लागि पनि नेपाल धर्मनिरपेक्ष हुनुहुदैन भन्ने कुरा गरिरहेका छन् । हामीबिच धार्मिक, सांस्कृतिक विविधता भित्र एकता थियो । आज त्यो एकता नारायणहिटीबाट सरेर लैनचौर हुदै विभिन्न दुतावासमा पुग्यो । तराईलाई विखण्डन गर्छु भन्ने अभिव्यक्ति दिने सिके राउत जस्तालाई देशले प्रशय दिएर राखेको छ । हत्या र हिंसाका आरोपीहरु नै अगाडि आईरहेका छन् ।

हिन्दुराष्ट्र हुनुपर्छ भन्नेहरु पनि धेरै संघसंस्था छन्, तर तपाईहरु शीर्ष नेताहरुलाई मात्रै भेटेँ भन्नुहुन्छ, तपाईहरु आफै संगठित भएर किन आन्दोलिन हुनुहुन्न ? जनतालाई किन संगठित गर्न सक्नुहुन्न ?
नगर्ने भनेको होइन । सरकारले नै असहयोग गरिरहेको छ । गतबर्ष हामीले अन्तराष्ट्रिय बिराट हिन्दु महासम्मेलन यहाँ ग¥यौँ । त्यो अथक प्रयासले ग¥यौँ । त्यो अरुले गर्ने आँट गरेनन् । विश्व हिन्दु महासंघमा जोडिएका विभिन्न संघसंस्थाको सहयोगले त्यो महासम्मेलन गर्न सफल भयौँ । तर हामीलाई त्यसबेला तत्कालिन प्रधानमन्त्री प्रचण्ड लगायत सरकारले त्यो महासम्मेलन नगर्न फोर्स गरियो । त्यो कार्यक्रमलाई भाड्नका लागि टुडिखेलमा अर्को कार्यक्रम गरियो । महासम्मेलन अघिसम्म केहि मिडियाले महासम्मेलन हुन नसक्ने भने । नेपाल सरकारले सुरक्षा दिन नसक्ने भने । यस्ता विभिन्न अप्ठ्याराहरुको बिच पनि हामीले आफ्नो ठाउँबाट आफ्ना कार्यक्रम अघि बढाईरहेका छौँ । निकट भविष्यमा हामी आन्दोलनमा जादैछौँ ।

राजसंस्था र हिन्दुधर्म नै किन बढि जोडिन्छ ? राजसंस्था भन्नासाथ आम मानिस सकारात्मक हुन्नन्, तर हिन्दुराष्ट्र भन्दा धेरै सकारात्मक हुन्छन् । किन दुबैलाई लिइन्छ ? अनि महासंघले हिन्दुराष्ट्र हुनुपर्छ भन्ने दललाई कुन रुपमा लिन्छ ?
महासंघको कुनै यो र त्यो दल भन्ने छैन । किनकी यो साझा संगठन हो । जसले हिन्दुराष्ट्रको पक्षमा योगदान गर्छ त्यो दललाई हामीले आफ्नो ठान्छौँ । अर्को कुरा किन राजालाई जोडिन्छ भन्नुभयो नि,हामीले राजा ज्ञानेन्द्रको एड्भोकेसी गरेको होइन । राजाको सन्तानको एड्भोकेसी गरेको होइन । शाहवंशीय अघि नेपालमा किरातवंश,गोपालवंश,लिच्छवी लगायतका वंशको राजा थिए । हाम्रो देशको बनोट त्यस्तो हो । ती राजाहरु शासकका रुपमा थिएनन,सेवकको रुपमा थिए । सनातन धर्म र राजसंस्थाको कुरा गर्ने हो भने वेद,पुराण,उपनिषद लगायतमा राजाको स्थान छ । हाम्रो देश वैदिन सनातन धर्मले व्याख्या गरेअनुसार ऋषिमुनीहरुले तपस्या गरेको भूमि हो । राजा भनेर हामीले संस्थाको कुरा गरेको हो । त्यो संस्था भनेको धर्मको पर्यायवाची हुने हो । जसले धर्मको संरक्षण गर्नेछ ।

धर्मको प्रचारप्रसार पनि देखिन्छ नेपालमा । तपाईको बुझाईमा अब नेपाल हिन्दुराष्ट्रको रुपमा फर्किएला ?
अवश्य फर्किन्छ । नेपाल हिन्दुराष्ट्र बन्छ । विभिन्न राजनीतिक दलका आस्था राख्ने जनता पनि हिन्दुराष्ट्रको पक्षमा छन् । अहिले पनि हिन्दुराष्ट्रको पक्षमा धेरै जनमत छ । तर सरकार किन धर्मनिरपेक्ष वा हिन्दुराष्ट्र भन्ने पक्षविपक्षमा जनमतसंग्रहमा जान सक्दैन ? हाम्रो देशको आधार बलियो बनाउने भनेकै तीन कुरा हुन् । ति भनेको एउटा हिन्दु धर्म,अर्को शाहवंशीय राजसंस्था र नेपाली सेना हो । यीनै कारणले नेपाल देश भएर रहेको छ । अब नेपाली सेना हुतिहारा भएर बस्यो भने यो मुलुक दुईचार बर्षपछि भूतपूर्व देशका नागरिक भएर बस्नुपर्ने अवस्था आउनसक्ने देख्छु । मलाई निराशाभन्दा आशा बढि छ । यो देश पक्कैपनि संघियता,धर्मनिरपेक्षता वा गणतन्त्रको नाममा टुक्राउने काम नहोस् । धर्मनिरपेक्षले मुलुकलाई कमजोर बनाउदै लगेको अनुभुति गरेर ठूला राजनीतिक दलपनि हिन्दुराष्ट्रकै पक्षमा उभिने आशा गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super