महिला हिंसाविरुद्धको अभियानमा महिला सांसदले दुखेको पोखे !

काठमाण्डौ
मंसिर २३
विभिन्न राजनीतिक दलका नेत्रीहरुले पार्टीभित्र पनि महिलाहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन् ।

महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज काठमाण्डौमा आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताउनुभयो । उहाँले राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा जोड दिनु भयो । त्यस्तै नयाँ शक्ति नेपालका नेत्री हिसिला यमीले राजनीतिक हिंसा पार्टीभित्र हुने गरेको उल्लेख गर्दै संसद्मै बोल्न खोज्दा विभिन्न लज्जास्पद शब्द प्रयोग हुने गरेको स्मरण गर्नुभयो । फेडो नामक संस्थाका महासचिव रेणु सिजापतीले महिलाले राजनीति गर्दा दोहोरो शोषणमा पर्नु परेको उल्लेख गर्दै परिवार र पार्टी दुवैमा महिलामाथि हिंसा हुने गरेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super